बलात्कारविरुद्वको विद्रोही आवाज ‘बदला बरिलै’ युट्युबको शिर्ष स्थानमा (भिडियोसहित)


साउन १९, काठमाडौं । लोकप्रिय गायक प्रकाश सपुतको लोक गीत ‘बदला बरिलै’ युट्युबको ट्रेण्डिङ १ मा परेको छ । २ दिन अघि मात्र रिलिज भएको उक्त गीत युट्युबको शिर्ष स्थानमा पर्न सफल भएको हो । सपुतको शब्द रहेको उक्त गीतमा देवी घर्तीले आवाज भरेकी छिन् ।

युट्युबमा सार्वजनिक भएको केही घण्टामै युट्युब ट्रेण्डिङमा आएको उक्त गीतले समाजमा विद्यमान लैंगिक विभेद र बलात्कारविरुद्वको विद्रोही आवाजलाई प्रस्तुत गरेको छ । यस गीतको भिडियो दुई दिनमै ७ लाख ७५ हजार बढी दर्शकले हेरिसकेका छन्। गीतले निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । भिडियोमा केकी अधिकारी र ध्रुब कोइरालालाई प्रमुख भूमिकामा देख्न सकिन्छ |

२०७७ श्रावण १९,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको