गंगादेव गाउँपालिकाले गर्यो ७ सय ३८ घरधुरीलाई फिल्टर वितरण


असार १९, रोल्पा । गंगादेव गाउँपालिका वडा नम्बर ४ का ७ सय ३८ घरधुरीलाई फिल्टर बितरण गरिएको छ ।

गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले जेष्ठ नागरिक मन बहादुर वलीसहित ९ वटा टोल बिकास समितिका अध्यक्षलाई फिल्टर बितरण गरेका हुन् । जनतालाइ शुद्ध पानी व्यवस्थापनको लागि मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गतको ८ लाख बजेट मार्फत बितरण गरिएको अध्यक्ष खत्रीले जानकारी दिए ।

उनले फिल्टरलाई सहि सदुपयोग गर्नु पर्ने र प्रयोग गरेको अनुगमन समेत गरिने बताए । वडा नम्बर ४ को कार्यालय म्वालेखोलामा फिल्टर बितरण आयोजना गरिएको प्रती स्थानीयले खुसी व्यक्त गरेका छन ।

कार्यक्रमको समापन गर्दै वडा नम्बर ४ अध्यक्ष राम बहादुर वलीले जनताको लागि यो नयाँ कार्य भएको बताउदै गाउपालिकाले फिल्टर बितरण कार्यक्रम गरेको प्रती धन्यवाद व्यक्त गरेको गाउँपालिकाका प्रेस सयोजक अशोक वलीले जानकारी दिएका छन ।

वडा नम्बर ४ का अध्यक्ष राम बहादुर वलीको अध्यक्षता र गाउँपालिका प्रेस सयोजक अशोक वलीको सन्चालनमा भएको कार्यक्रममा गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य धनमाली खड्का, गाउँपालिकाका आ.ले. शाखा प्रमुख उदय प्रकाश वली, लगाएयत वडा नम्बर ४ का ९ वटा टोल बिकास समितिका अध्यक्ष, प्रत्येक घरबाट १/१ जनाको उपस्थिति रहेको थियो ।

१९ असार २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको