कैलालीमा जीपको ठक्करबाट एक जनाको मृत्यु


असार १९, कैलाली । कैलालीमा भजनी नगरपालिकामा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

भजनी– ५ मा म १ च ४९२ नम्बरको जीपले ठक्कर दिँदा भजनी ७ का ५५ वर्षीय राधे लोनियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भजनीका अनुसार जीपको ठक्करबाट गम्भीर घाइते भएका लोनियाको उपचारका क्रममा भजनी स्वास्थ्यचौकीमा मृत्यु भएको हो । जीप चालक गोदावरी नगरपालिकाका विमल चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

२०७७ असार १९,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको