असार १९, काठमाडौं | नेपालमा आज कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ | मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वर बस्ने ८५ वर्षीय पुरुष रहेका छन् |
उनमा उच्च रक्तचाप र पार्किन्सनको समस्या रहेको थियो । वृद्धमा छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि काठमाडौंकै एक प्राइभेट अस्पताल भर्ना भएका थिए ।
गत अस्पतालको आइसोलेसनमा उपचारत उनको असार १७ गते राति ११ बजे मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोहि दिन उनमा कोरोना पोजेटिभ देखिएको थियो | यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ |
प्रतिक्रिया दिनुहोस