आज एकैदिन थप ७४० जनामा कोरोना संक्रमण पुष्टि, मृतकको संख्या ३२ पुग्यो


असार १९, काठमाडौं | नेपालमा शुक्रबार थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ | योसँगै कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए |

आज थप एक जनाको मृत्यु भएको छ | काठमाडौंको बानेश्वर बस्ने ८५ वर्षीय पुरुषको मृत्यु भएको छ | योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ |

नेपालमा आज देशभरका विभिन्न अस्पतालबाट ८२३ जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन् | अहिलेसम्म कोरोना संक्रमण मुक्त भएर ६ हजार १४३ जना घर फर्किएका छन् छ ।

२०७७ असार १९,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको