बालुवाटारमा ओली र प्रचण्डबीच छलफल सकियो, के भयो कुरा ?


असार १९, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकिएको छ |

प्रधानमन्त्री ओली र प्रचण्डसहितका नेताहरुबीच भएको बैठकमा एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी बनेको छ ।

बैठकमा सहभागी नेताहरुका अनुसार बैठक सकारात्मक दिशामा अघि बढेको छ भने थप छलफल गरेर दुबै पक्षलाई मिलाएर अघि बढ्ने आधार तयार भएको छ ।

पछिल्लो समय पार्टीभित्र बढ्दै गएको अन्तरविरोध उत्कर्षमा पुगेको थियो | बढ्दो अन्तरविरोध साम्य पार्ने उपायको खोजीका लागि ओली र प्रचण्डबीच छलफल भएको हो । छलफलमा ओली प्रचण्ड बाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्मा पनि सहभागी थिए ।

गत वैशाखमा सरकारले दुई अध्यादेश ल्याएपछि नेकपामा बढेको विवाद साम्य नहुँदै गत आइतबार प्रधानमन्त्रीले दिएको अभिव्यक्ति र सोहीबीचमा संसद अधिवेशन समेत अन्य गरेपछि विवाद थप उचाइमा पुगेको छ ।

२०७७ असार १९,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको