दुई दिनअघि आत्महत्या गरेका रोल्पाका पुरुषमा कोरोना संक्रमण पुष्टि


असार १९, काठमाडौं | दुई दिनअघि आत्महत्या गरेका रोल्पाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

बुधबार बिहान क्वारेन्टाइनमै झुण्डिएको अवस्थामा फेला गंगादेव गाउँपालिका वडा नम्बर ५ का ३१ वर्षीय पुरुषको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो |

उनी असार १० गते दुबईबाट आएर क्वारेन्टाइन बस्दै आएका थिए | मृत्युपछि उनको स्वाब पिसिआर परीक्षणका लागि संकलन गरिएको थियो । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा शुक्रबार उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

आत्महत्या गरेका उनको शव भने पोष्टमार्टम गर्ने भनेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।

रोल्पाका जिल्ला प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङका अनुसार आत्महत्या गरेका सार्कीलाई गाउँकै काका नाता पर्ने व्यक्तिको खाली घरमा होम क्वारेन्टिनमा एक्लै राखिएको थियो।

विद्यालयमा निर्मित नजिकको क्वारेन्टिन प्याक भएको हुँदा उनलाई परिवारको सल्लाहमा त्यसरी खाली घरमा एक्लै राखिएको भन्ने जानकारी आफुले पाएको गुरुङले बताए।

यो पनि ..

रोल्पामा क्वारेन्टाइनमा बसेका एक पुरुषद्वारा आत्महत्या
२०७७ असार १९,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको