बालुवाटारमा ओली र प्रचण्डबीच छलफल जारी


असार १९, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ । केहीबेर अघिबाट सुरु भएको उनीहरुबीचको छलफललाई चासोका साथ हेरिएको छ ।

नेकपामा बढ्दो अन्तरविरोध साम्य पार्ने उपायको खोजीका लागि नेकपाका अध्यक्षद्वयबीच छलफल सुरु भएको हो । आज एक दिनका लागि स्थायी कमिटी बैठकसमेत रोकेर दुई अध्यक्षबीच कुराकानी गर्ने निर्णय विहीबारको स्थायी कमिटी बैठकले गरेको थियो । प्रधानमन्त्री ओलीसँग छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड शुक्रबार दिउँसो १२ बजे बालुवाटार पुगेका हुन् ।

दुई अध्यक्षबीचको छलफलले निकास निकाल्ने र शनिबार बिहान ११ बजे स्थायी कमिटीको बैठक बस्ने नेकपाको कार्यसूची छ । तर, पछिल्लो चरणमा दुई अध्यक्षबीच दुरी बढ्दै गएको छ ।

१९ असार २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको