भारतमा एकैदिन २० हजार ९०३ जनामा कोरोना संक्रमण पुष्टि, कति पुगे संक्रमित ? हेर्नुहोस्


असार १९, काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा पनि भयावह स्थिति सिर्जना भएको छ | भारतमा पछिल्लो २४ घण्टामा करिब २१ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्यमन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एकैपटक २० हजार ९०३ नयाँ संक्रमित थपिएका छन् ।

यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ६ लाख २५ हजार ५४४ पुगेको छ ।

हालसम्म भारतमा कोरोना भाइरसबाट १८ हजार २१३ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३७९ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ३ लाख ७९ हजार ८९२ संक्रमितले कोरोना जितेर घर फर्किएका छन् ।

२०७७ असार १९,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको