सल्यानको बुराँसेमा एक युवाले गरे झुण्डिएर आत्महत्या


असार १९, सल्यान । सल्यानमा एक युवाले झुण्डिएर आत्महत्या गरेका छन् ।

जिल्लाको छत्रेश्वरी गाउँपालिका -२ बुराँसेका २० वर्षीय बिनोद ओलीले घर नजिकैको रुखमा झुण्डिएर विहीबार राति आत्महत्या गरेको सामुदायिक स्वास्थ्य इकाई दहखोलाका स्वास्थ्य इन्चार्ज चुडामणि बस्नेतले पोष्टपाटीलाई जानकारी दिए ।

श्रीमती माइतीमा बस्दै आएकाले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । ओलीले एउटा सुसाइड नोट लेखेको बताइएको छ । उनले सुसाइड नोटमा श्रीमती अर्कैसंग लागेको कुरा थाहा पाएको र आफ्नो आखाँले अर्कैसंग गएको देख्न नचाहेकाले आफुले आत्महत्या हत्या गरेको उल्लेख गरेको स्वास्थ्य इन्चार्ज बस्नेतले जानकारी दिए ।

घटनास्थलमा अहिले प्रहरी आएर शव उठाउने कार्य गरिरहेको बताइएको छ ।

१९ असार २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको