जेठ २१, काठमाडौं । कर्णाली प्रदेशमा बुधबार ४ महिने शिशुसहित १६ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
१६ जनामध्ये दैलेखका ७ जना, सल्यानका २ र कालिकोटका ७ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
डा तिवारीका अनुसार कालिकोटका ७ संक्रमितमध्ये महाबै गाउँपालिकाका –४ का ४ महिने बालकमा पोजेटिभ देखिएको हो ।
योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । जसमध्ये दैलेखमा १०५, सुर्खेतमा ६१, सल्यानमा ५५, जुम्लामा १९, कालिकोटमा २५, मुगुमा एक, बाजुरामा एक, अछामका १० र बझाङका १ जना रहेका छन् । कोरोनाको कारण कर्णाली प्रदेशमा एक जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस