निको भए बैतडीका पहिलो कोरोना संक्रमित


बैतडी । बैतडीका पहिलो कोरोना संक्रमित निको भएका छन् । यही जेठ ९ गते प्रहरी हिरासतमै कोरोना संक्रमण पुष्टि भएका शिवनाथ गाउँपालिकाका–२ का २२ वर्षीय युवक निको भएका हुन् |
जिल्ला अस्पतालमा उपचारत उनी कोरोनामुक्त भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशीले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमण पुष्टि भएपश्चात दुई पटक गरिएको पीसीआरमा रिपोर्ट नेगेटिभ आएको हो ।

मंगलबार र बुधबार कैलालीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

विगत १२ दिनदेखि जिल्ला अस्पतालको आइसोलेसन कक्षमा उपचारत युवकले कोरोना जितेपछि आजै डिस्चार्ज गरिएको छ ।

कर्तव्य ज्यान मुद्धामा गत वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहदै आएका थिए । गत वैशाख १५ गते किशोरी मृत्यु प्रकरणमा पक्राउ परेका उनलाइ प्रहरी हिरासतमै रहेका बेला कोरोना पोजेटिभ देखिएको हो । यस्तै कोरोनामुक्त भएका ती युवकलाई आजै कारागार चलान गरिएको छ ।

२१ जेष्ठ २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको