रूकुम घटना : संसदीय समितिले गृह मन्त्रालयलाई दियो यस्तो निर्देशन


जेठ २१, काठमाडौं : संसदीय समितिले रूकुम पश्चिमको चौरजहारीमा भएको घटनालाई मानवताविरोधी अपराध ठहर गरेको छ। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवधिकार समितिले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। दलित समुदायमाथि निरन्तर हिंसा र विभेद भएकाले जिल्ला प्रहरी कार्यालयमा दलित सेल खडा गरी सबै अपराधीलाई कानुनी दायरामा ल्याउन समितिले गृह मन्त्रालयलाई निर्देश गरेको छ।

समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापा, महान्यायाधिवक्ता अग्नि खरेललगायत पदाधिकारीलाई बोलाएर रूकुम घटनाबारे छलफल गरेको हो। महान्यायाधिवक्ता खरेलले यो मुद्दालाई बिग्रिन नदिने प्रतिबद्धता व्यक्त गरे। रूकुम घटनाले हाम्रो समाज जातीय भेदभावबाट कति पीडित छ भन्ने देखाएको समेत उनले उल्लेख गरे। यो खबर आजको अन्नपूर्ण पोष्टमा छ |

२१ जेष्ठ २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको