चैत्र २१, काठमाडौं । मलेसियामा रहेका चारजना नेपालीलाई तीन महिना कैद सजाय वा जनही १ हजार रिंगिट जरिवाना भएको छ ।
मलेसियाले कोरोना भाइरस (कोभिड १९) फैलिन नदिन लगाएको आवागमन बन्देजको उल्लंघन गरेको अभियोगमा मलेसियाको मेलक्कामा ति नेपालीहरु पक्राउ परेको अध्यागमन कार्यालयले बताएको छ ।
चारजना नेपालीसँगै पक्राउ परेका एक जना पाकिस्तानी तथा एकजना बंगलादेशी नागरिकलाई तीन महिना कैद सजाय वा जनही १ हजार रिंगिट जरिवाना भएको हो ।
न्यायाधिश मोहम्मद नजरिन अलि रहिमको ईजलाशले उनीहरुलाई १ हजार रिंगिट जरिवाना वा तीन महिना जेल सजाय सुनाएको मलक्का अध्यागमन कार्यालयले जनाएको छ ।
सजाय तोकिएकाहरुमा पूर्ण बहादुर लिम्वू (४४ बर्ष), दुर्गा बहादुर सार्की (३३ बर्ष), पुण्य तामाङ (३९ बर्ष), भरोसी सदा (२९बर्ष) रहेका छन् । उनीहरुसँगै पक्राउ परेका पाकिस्तानी र बंगलादेशी नागरिकलाई पनि सोही सजाय भएको जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस