कपिलवस्तुमा आगलागी हुँदा गाउँ नै सखाप, ४९ घरगोठ खरानी


माधव बेल्वासे/चैत २१, कपिलवस्तु । गर्मीयाम सुरु भएसगै आगलागीका कारण कपिलवस्तुमा ठुलो मात्रामा धनजनको क्षति हुने गरेको छ ।

हावाहूरीमा स्थानियहरुले सर्तकता नअपनाउँदा वर्षेनी यस्ता घट्ना हुने गरेका छन् । शुक्रवार मात्र जिल्लाको बिजयनगरको एक गाउँ आगलागीले सखाप भएको छ । गाउँमा रहेका ४९ घरगोठ नष्ट भएका हुन् ।

फुसले छाएका घरहरु हुदाँ झनै जोखिम बढेको छ । २५ वटा घर र २४ वटा गोठ जलेको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिए ।
सदरमुकाम तौलिहवा वाट करिव ५० किलोमिटरको दुरीमा रहेको बिजनगर गाउँपालिका १ गुगौलीमा दमकल नपुग्दै गाउँ सखाप भएको हो ।

दिउसो करिव ४ बजे लागेको आगो २ घण्टा पछि प्रहरी र स्थानियहरुले नियन्त्रणमा लिएका थिए । कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकोले तौलिहवा वाट दकमल बोलाइएको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले जानकारी दिए ।

स्थानिय काशिराम यादवको घरवाट सुरु भएको आगाले छिमेकमा रहेका फुसका घर तथा गोठहरु जलेका छन् । खाद्यान्य सामाग्री,लत्ताकपडा जलेर नष्ट भएको प्रहरी निरिक्षक नेपालले बताए ।

दिउसोको खाजा पकाएपछि आगो ननिभाउदा आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान रहेको छ । आगोवाट कुनै मानविय क्षति भएको छैन् भने गाईबस्तुलाई पनि स्थानियहरु सुरक्षित स्थानमा सारेका थिए । अग्निपिडितहरुलाई गाउँपालिकाले राहतको व्यावस्था गर्ने गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिए ।

२०७६ चैत्र २१,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको