चैत २१, दाङ । दाङ जिल्लाको राप्ती गाउँपालिकाका वडाहरुले कोरोना भाईरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्ने कार्य शुरु गरेका छन् ।
राप्ती गाउँपालिकाका ९ वटै वडाहरुबाट विपन्न तथा लगडाउनबाट प्रभावित घरपरिवारलाई चामल, नुन, तेल लगाएतका सामग्री वितरण सुरु गरिएको हो । दैनिक रुपमा कामकाज गरेर दैनीक आम्दानी गर्ने तथा अपांगता, जेष्ठ नागरिक र असहाय वर्गका घरपरिवारलाई समेत राहत वितरण गरिएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन् ।
करिव १० हजार बढि घरधुरी र ५३ हजार बढि जनसंख्या रहेको राप्ती गाउँपालिकामा करिव १ हजार बढि गरिव विपन्न घरधुरीलाई यस लकडाउनका कारण प्रथम चरणमै खाद्य समस्या पर्न गएकोले पुर्ण रुपले लगडाउनको पालना गर्न अनुरोध गर्दै गाउँपालिकाले घरघरमै र टोल बस्तीमै गएर प्रथम चरणको राहतका सामाग्री वितरण सुरु गरेको र अर्को चरणमा राहत प्राप्त गर्ने घरधुरीमा बृद्धिहुने समेत गाउँपािलिकाले आकलन गरि राहतको प्याकेज निर्माण् गरेको प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाले बताए ।
वडा गत रुपमा घरमै गएर साथै टोलटोलमा जनप्रतिनिधि तथा कर्मचारीहद्धारा परिवार संख्याको आधारमा प्रथम चरणमा ५ देखी १० किलो चामल, एक एक किलो दाल, २ प्याकेट नुन, एक लिटर तेल र दुई पिस साबुन वितरण गरिएको हो । गाउँपालिकाले वडा नं १ मा ३५ परिवारलाई प्रथम चरणमा राहत वितरण गरेको वडा अध्यक्ष तारा बहादुर डिसीले जानकारी दिएका छन् । टोलटोलमा जनप्रतिनिधि तथा टोलसुधार संस्थाका प्रतिनिधिहरुद्धारा छनौट गरिएको परिवारलाई राहत उपलब्ध गराईएको र आगामी दिनमा समयानुकुल सहयोग गर्दै जान समेत वडा अध्यक्ष तारा बहादुर डिसीले बताए ।
त्यसै गरि राप्ती गाँउपालिका वडा नं २ का १ सय २ बढि घरधुरीलाई सरकारले निर्देश गरेको राहत सहयोग बमोजिम खाद्य सामाग्री उपलब्ध गरिएको वडा सचिब सीता भण्डारी आचार्यले जानकारी दिए । लकडाउन को समय अवधि बढ्दै गएमा गाउँ गाउँमा थप राहत वितरण गर्ने योजना समेत रहेको वडा अध्यक्ष जगत बहादुर थापाले जानकारी दिएका छन् । खुरुरिया, बागढड्डी, बसन्तापुर, आर्दश टोल (मसुरीया), आचार्य टोल (मसुरीया), बड्का टोल (मसुरीया),छुट्की टोल (मसुरीया), उत्तर मसुरीया ,चौधघरे (मसुरिया), नयाँबस्ती (मसुरिया), पैसट्ठी नम्वर गाउँ रहेको वडा नं ३ का करिव १ सय बढि परिवारलाई राहत सामाग्री वितरण गरिरहेको वडा सचिव दामोदर पोख्रेलले बताए ।
वडा नं ४ मा रहेका मझनिगढ, सिमलखुटटी बुढीचौर, पिपरखुटि, गोपिनाला मौरीघाट, चतुरुवा मौरिघाट, शिब मन्दिर मौरिघाट, मौरीघाट, जनकपुर मौरिघाट, नयागाउँ, सुन्दरपुर, उत्तर खिनैटा, खिनैटा, दक्षिण खिनैटा गाउँका ५५ घर परिवारलाई प्रथम चरणमा राहत वितरण गरिएको र थप पुन आगामी दिनमा समेत राहत वितरण गर्ने वडा अध्यक्ष विष्णु बहादुर घर्ति क्षेत्रिले जानकारी दिनुभएको छ । वडा नं ५ को लठ्ठहवा, करङ्गेकोट, सिसहनिया(कमलरोड), प्रगतीनगर, पहरुवा, कालापानी, सिङ्गे, थकरीकोट, भुल्के गाउँका गरिव विपन्न करिव ८० घरपरिवारलाई वडा कार्यालयको तर्फवाट प्रथम चरणमा राहत सामाग्री सहयोग गर्ने योजना रहेको वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावतले जानकारी दिए ।
राहत वितरण गर्ने क्रममा वडा नं ६ को बगरापुर, सगरापुर, भगवानपुर, मझेरिया, पत्थरगढवा गाउँका १ सय घरधुरीलाई टोल सुधार संस्थाको माध्यमवाट राहत वितरण गरिएको वडा सचिव मंगल प्रसाद चौधरीले बताए । राप्ती गाउँपालिकाको वडा नं ७ ले भानपुर, अर्नाहनपुर, जितपुर, छोड्की सिसहनिया, बड्का सिसहनिया, जगपुर गाउँका ८८ घर परिवारलाई राहत वितरण गरिएको छ ।
छोट्की सिसहनियाँ गाउँका सनिराम चौधरी, भिम वहादुर खत्री, विष्णु चौधरी, विष्णु चौधरी, निर्मल चौधरी, कृष्णदेवी चौधरी, संजिव चौधरी, चन्द्र प्रकाश चौधरी, चन्द्र प्रकाश चौधरी, मंगल चौधरी, राज कुमार चौधरी, चिरन्जिवी चौधरी, सन्चराम चौधरी, धन्नु चौधरी, चेचु चौधरी, पुरन कुमार चौधरी, खेमलाल चौधरी, रविराहु मगर, धनिराम चौधरी, मंगल चौधरी, जोधी प्रसाद चौधरी, जगत प्रसाद चौधरी, फना खत्री, शिवा अधिकारी, खेमा गौतम, अनाराम वुढाथोकी को परिवारलाई राहत प्रदान गरिएको छ ।
वडा नं ८ का पिपरी, पिपरा, विजौरी, कोहलवा शंकरटोल, बुद्ध टोल, ईन्द्रिनी टोल, सगरमाथा टोल, शान्ति टोल का ८५ घर परिवारलाई सरकारी राहत प्रक्रिया अनुसार राहत वितरण गर्ने योजना रहेको वडा अध्यक्ष गोकर्ण बहादुर राना मगरले बताए । देविकोट, रुपाकोट, छुचुन्द्रे, चन्दौली, बरडाँडा, तल्लो घोसखोला, सोतीटोल, सल्ले लगायतका गाउँ रहेको राप्ती गाउँपालिकाको वडा नं ९ मा ७० घरधुरीलाई राहत वितरण गरिरहेको वडा अध्यक्ष रिम बहादुर सुनारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस