अमेरिकामा एकैदिन ९ सय ६८ को मृत्यु, संक्रमितको संख्या कति पुग्यो ?


चैत २१, अमेरिका । अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण एकैदिन ९ सय ६८ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ६ हजार ७० पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २९ हजार ६ सय ७८ संक्रमित भेटिएसँगै हालसम्म संक्रमितको कूल संख्या २ लाख ४४ हजार ६ सय ८१ पुगेको छ । यो संसारकै सबैभन्दा धेरै संक्रतिको संख्या हो ।

संक्रमितमध्ये ५ हजार ४ सय २१ को अवस्था गम्भीर छ भने हालसम्म अमेरिकामा १० हजार ४ सय ३ जना संक्रमित निकोसमेत भइसकेका छन् ।

शुक्रबार बिहानसम्म कोरोनाका कारण संसारभरी के के भए…

– संसारभरी कोरोनाभाइरसको संक्रमणको आँकडाले १० लाख पार गरेको छ । यद्यपि, यो आँकडा थप बढ्न सक्ने अनुमान गरिएको छ ।

– कोभिड–१९ रोगका कारण मृत्युको आँकडा ५३ हजार २ सय पुगिसकेको छ जबकी २ लाख १२ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् ।

– अमेरिकामा यो संक्रमणका कारण ६ हजार बढीको मृत्यु भएको छ जबकी त्यहाँ संक्रमितको संख्या साढे दुई लाख पुगिसकेको छ ।

– युरोपमा मृतकको आँकडा अहिलेसम्म सबैभन्दा धेरै छ । इटलीमा १३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ भने स्पेनमा १० हजार ३ सय ४८ को मृत्यु भइसकेको छ ।

– विश्व स्वास्थ्य संगठनले भाइरस फैलन रोक्नका लागि मध्य पूर्वले थप कोसिस गर्नुपर्ने बताएको छ ।

२०७६ चैत्र २१,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको