पोखरामा प्याराग्लाइडिङको विश्वकप हुँदै

फाइल तस्बिर

माघ २०, पोखरा । १९ औं संस्करणको प्याराग्लाइडिङ विश्व कप खेल आगामी फागुन दोस्रो सातादेखि पोखरामा हुने भएको छ ।

एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ औं सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुन लागेको हो ।

नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सो प्रतियोगितामा हुने छ ।

प्रतियोगितामा नेपालसहित, चीन, जापान, भारत, कोरिया, अमेरिका, बेलायत, स्वीजरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, इरान, भियतनाम, चाइनिज ताइपेइ, इन्डोनेसिया लगायतका ३० देशका १ सय २५ चालक सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

खेलाडी दर्ता गर्ने अन्तिम मितिसम्म ३० देशका १ सय २५ पाइलट सहभागी हुने निश्चित भएकाले त्यसको आवश्यक तयारीलाई तीव्र बनाइएको आयोजकले जनाएको छ ।

२० माघ २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको