माघ २०, माल्टा । गैर आवासीय नेपाली संघ माल्टाको आयोजनामा स्वास्थ र भाईचाराका लागि खेल सम्पन्न भएको छ । माल्टामा रहेका नेपालीहरु बिच भाइचाराको लागि र भिजिट नेपाल २०२० को प्रमोसनका लागि खेलकुद भएको हो ।
माल्टामा रहेका नेपालीहरु बिचको भाइचारालाई कायम गर्दै फुटबल साथै घैटो फोर र महिलाहरुको लागि म्युजिकल चेर लगायत अन्य खेल सम्पन्न भएको एनआरएन माल्टाले जनाएको छ ।
कार्यक्रमलाई एनआरएन अध्यक्ष बाबु अर्यालको सभापतित्व रहेको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा एनआरएन केन्द्रिय सल्लाहकार सोम सापकोटा रहेका थिए । माल्टाका महासचिव सन्देश केसीले कार्यक्रम संचालन गरेका थिए । एनआरएन माल्टा युवा युवा संयोजक रोशन गिरिले कार्यक्रमको संयोजन गरेका थिए ।
प्रमुख अतिथि सापकोटाले खेलाडीहरुलाई बल दिएर खेलको उद्घाटन भएको थियो।
कार्यक्रम सफलताको लागि नेपाली राजदुताबासको तर्फबाट डाक्टर दुर्गा बहादुर सुबेधि र स्थानीय मेर मार्केट सेफेरको उपस्थित नभए पनि शुभकामाना सन्देश पठाएका थिए भने स्थानियरुपमा माल्टाका खेलाडिहरु संग खेल्नका लागि कार्यक्रम बनाउन स्थानीय मेरले सन्देश मार्फत आग्रह समेत गरेका थिए ।
प्रमुख अतिथि सापकोटाले खेलको माध्यमबाट दुइ देशको सम्बन्ध र नेपालको पर्यटन प्रबर्धनका लागि पनि महत्वपुर्ण भूमिका रहने बिश्वास व्यक्त गरेका थिए । साथै माल्टामा रहेका नेपालीहरु बीच सम्बन्ध बिस्तार्गर्दै दोश्रो पुस्ताका एनआरएनहरुलाई जोड्न उक्त कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको बताएका थिए ।
माल्टाको एमसिदा खेल मैदानमा आयोजित खेलमा उपस्तिथित ७ टिम बिचको कडा प्रतिस्पर्धामा सम्फुसा फुटबल क्लब प्रथम र एभरेष्ट नेपाल फुटबल क्लब दोश्रो भएका थिए ।
बिजेता तथा उपविजेता टिमलाई मेडल र नगद सहित पुरस्कृत गरिएको छ । साथै अन्य बिधामा उत्कृष्ट हुने बेस्ट गोल किपर, बेस्ट प्लेयर अफ सिरिज, अनुसासित टिम, अधिक्तम गोल प्रहार गर्ने लगाएत सबैलाई ससम्मान तथा पुरस्कृत गरिएको थियो
प्रतिक्रिया दिनुहोस