दुबईमा रिलायवल स्टार कार्गो भब्य शुभारम्भ


दुबई- बरदुबईमा रिलायवल स्टार कार्गोको भव्य शुभारम्भ भएको छ । दुबईको लोकप्रिय भेटघाटकेन्द्र बर दुबईमा ३१ जनवरी शुक्रबार एक भव्य समारोहका बीचमा रिलायवल स्टार कार्गोले सेवा शुभारम्भ गरेको हो ।

उल्लेख्य नेपाली, बिदेशी र स्थानीय अरबी नागरिकहरुको उपस्थितिमा रिबन काटेर नेपाली परम्परा अनुसार मन्त्रोचारण, शंखध्वनि र पुजाआजाका साथमारिलायवल स्टार कार्गोको उदघाटन भएको छ । उदघाटन कार्यक्रममा रिलायवल स्टार कार्गोका स्पोनसर मोहम्मद र निजका भाइ अहमद र अन्य स्थानीय नागरिकहरुको पनि उपस्थिति थियो ।

युएईका बजारमा पाइने गुणस्तरीय सामग्रीहरु नेपाल लगायत अन्य देशहरुमा समयमै पुर्‍याउने लक्ष्य लिएर कार्गो व्यावसाय शुरु गरेको संचालक ओमप्रकाश न्यौपानेले बताउनु भएको छ ।

विशेष गरी नेपालीहरुकै सेवा र सुविधाको लागि अति भरपर्दो कार्गो सेवा प्रदान गर्ने उदेश्य लिएर नेपाली युवा व्यावसायीहरुको अग्रसरतामा रिलायवल स्टार कार्गो एलएलसी बर दुबईको कोसेली ट्राभल सँगैकाे भवनमा रहेको संचालक न्यौपानेले जानकारी दिनुभएको छ ।

नेपालीहरुलाई नै पहिलो प्राथमिकतामा राखेर सेवा गर्ने लक्ष्य लिइएको यस कार्गोले स्पेसल ओपनिङ अफरका रूपमा कुनै अतिरिक्त शुल्क नलिइ प्रतिकेजी ८ दिराममा काठमाडौंसम्म सामानहरु कार्गो गर्ने दाबी गरेको छ । काठमाडौंबाहिरको लागि प्रतिकेजी ९ दिराम रहेको र हरेक सामानहरु १५/२० दिनभित्रमा सम्बन्धित स्थानमा पुर्‍याउने व्यवस्थापन मिलाइएको संचालक न्यौपानेले बताउनुभएको छ ।

नेपाल एयरलाइन्सका युएई प्रमुख टीकाराम पंगेनीका साथमा अन्य सहकर्मीहरु, नेपाली ट्राभल व्यावसायीहरु, भारतीय ट्राभल व्यावसायीहरु, भारतीय तथा बङलादेशका कार्गो व्यावसायीहरुको समेत उपस्थिति रहेको भव्य समारोहमा युएईका सर्वसाधारण नेपालीहरुदेखी सफल ब्यावसायिक व्याक्तित्वहरुले सहभागिता जनाएको संचालक न्यौपानेले जानकारी दिनुभएको छ ।

युएईमा रहेका विभिन्न नेपाली सामाजिक संघसंस्थाका प्रमुख/ प्रतिनिधि, व्यापारी, पत्रकार तथा सर्वसाधारण नेपालीहरुको उल्लेख उपस्थितमा भएको उदघाटन कार्यक्रमले सकारात्मक ऊर्जा भरिएको संचालक न्यौपानेले बताउनुभयो ।

नेपालका सबै जिल्लाहरुमा छिटो, सस्तो र भरपर्दो सेवा दिने लक्ष्यका साथमा स्थापना भएको रिलायवल स्टार कार्गोलाई सेवा गर्ने अवसर दिन संचालकहरुले युएईमा रहेका नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।
फोटो : देशबन्धु ढकाल

२० माघ २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको