पुस १८, काठमाडौं । सरकारसँग पाँचबुँदे सहमति भएपछि सर्लाहीका रामविलास महतोले सहमतिपत्रलाई बडो नियालेर हेरे । अनि, उनको अनुहारमा खुशी छचल्कियो ।
रामविलासले भने, ‘अब चाहिँ पैसा आउने आशा बढेको छ ।’
महतो उखुको बक्यौता रकम माग गर्दै आन्दोलन गर्न केही दिनअघि काठमाडौं आएका हुन् । ७० हिउँद काटेका महतोले धरधरी आँशु बगाउँदै आफ्नो पीडा सञ्चारकर्मीलाई सुनाएका थिए । उनको यो रुवाई उखु कृषकहरुले भोगिरहेको पीडाको प्रतिबिम्ब झैं बनिरहेको छ ।
प्रतिक्रिया दिनुहोस