पत्रकार चापागाईंलाई गैर कानुनी थुनामा राखिएको भन्दै जनपत्रकार संगठनद्वारा बन्दीप्रत्यक्षीकरणको रिट दायर


पुस १८, काठमाडौं । रातो खबर साप्ताहिकका पत्रकार भिम चापागाईंलाई गैर कानुनी थुनामा राखिएको भन्दै जनपत्रकार संगठन नेपालले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेको छ ।

पत्रकार भिम चापागाईं ।

संगठनको तर्फबाट केन्द्रीय सदस्य बिनोद श्रेष्ठले शुक्रबार सर्वोच्च अदालमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको हो । चापागाईलाई पुस १३ गते काठमाडौंबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

पक्राउपछि पत्रकार चापागाईलाई हाल काठमाडौँको सोह्रखुट्टे प्रहरी चौकीमा राखी अभद्र ब्यहारको मुद्दा लगाईको छ । पक्राउको संगठनले मंगलबार एक विज्ञप्ति निकालेर विरोधसमेत जनाएको थियो ।

चापागाँईलाई विनाशर्त रिहाई गर्न र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग माग जनपत्रकार संगठनले माग गरेको छ ।

१८ पुष २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको