दाङमा मोटरसाईलक दुर्घटनामा एक युवतीको मृत्यु


पुस १८, दाङ । मोटरसाईकल दुर्घटना हुँदा दाङमा एक युवतीको मृत्यु भएको छ ।

फाइल तस्बिर 

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा माइती घर भएकी २४ बर्षीया पवित्रा डाँगीको मृत्यु भएको छ । डाँगी हाल तुलसीपुर ६ बरुवा गाउँमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक डम्मरबहादुर पालका अनुसार विहीवार बेलुका सवा ८ बजेतिर घोराहीवाट तुलसीपुर तर्फ आउँदै गरेको रा ५ प ८४२ नम्वरको मोटरसाईलक तुलसीपुरको बेलझुन्डिमा दुर्घटना हुँदा डाँगी गम्भीर घाइते भएकी थिइन ।

उनको उपचारको क्रममा राप्ती लाईभ केयर हस्पिटल तुलसीपुरमा मृत्यु भएको प्रहरी प्रबक्ता पालले जानकारी दिए । स्रोतका अनुसार मृतक पवित्राका पति विदेशमा रहेको खुल्न आएको छ ।

मोटरसाईकल चालक तुलसीपुर ९ बेलुवा निवासी ४८ बर्षीय कुलबहादुर डाँगी सामान्य घाइते भएका छन् । घाइते डाँगीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

२०७६ पुष १८,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको