रोल्पाको गंगादेव गाउँपालिकामा हिमपात सुरु [हेर्नुहोस १२ तस्बिर]


पुस १८, रोल्पा । रोल्पाका अग्ला लेकहरुमा हिमपात सुरु भएको छ । आज (शुक्रबार) बिहानैदेखि सुरु भएको हिमपात अहिले बढ्दै गएको छ । रोल्पाको गंगादेब गाउपालिकाको अग्लो भागमा हिउ पर्न सुरु गरेको हो ।

जिनाबाङ, ओत, रांक, पाखापानी लगायत अग्ला भुभागमा परि रहेको छ । त्यसैगरी सल्यानसँग भु-भागमा पनि हिमपात भएको छ ।

गतवर्ष माघ महिनाको दोस्रोसात हिमपात भएको यो क्षेत्रमा यसवर्ष भने पुस महिनामै हिमपात सुरु भएको हो । हिउँदे बाली लगाएपछि वर्षात नहुँदा चिन्तित भएका यहाँका किसान खुशी भएका छन । सिंचाईको सुविधाविहीन किसान हिउँदको वर्षा र हिउँको भरमा बाली सप्रने आशामा छन् ।

हिउँ नपरेपछि गहुँ, जौं, र मार्फा रायो बारीमै सुक्न थालेका थिए । हिउँ परेपछि कृषीमा राहत पुग्ने भन्दै किसानहरु खुसी भएका छन् तर हिमपातले भने जनजीवन कष्टकर बनेको छ ।

सिद्दार्थ नमुना माबि घोप्टेओढार, बुद्दि बिकाश माबि रांक, सल्यानको सिमाका १२ दृश्यहरु:

१८ पुष २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको