हिमाली र पहाडी भेगको हवाई सेवा अवरुद्ध


पुस १८, काठमाडौं । बाक्लो कुहिरो, वर्षा र हिमपातले पहाडी तथा हिमाली भेगको हवाई सेवा प्रभावित भएको छ ।

फाइल तस्बिर 

काठमाडौं विमानस्थलका अनुसार तराईका विमानस्थल र अन्तर्राष्ट्रिय उडान जारी रहे पनि पहाडी र हिमाली भेगका विमानस्थलमा उडान प्रभावित भएको छ ।

पोखरा-काठमाडौं उडान अहिले रोकिएको छ । सुर्खेत र दाङमा समेत काठमाडौंबाट शुक्रबार जहाज जान सकेन । नेपालगञ्जबाट दुर्गम भेगमा हुने सबै उडान अहिलेसम्म हुन नसकेको विमानस्थल कार्यालय नेपालगञ्जका प्रमुख प्रेम ठाकुरले जानकारी दिए ।

मुगुमा भारी वर्षातका कारण उडान हुन सकेको छैन । डोल्पा, जुम्ला, हुम्लाजस्ता क्षेत्रमा हिमपातले हवाई सेवा प्रभावित भएको छ ।

१८ पुष २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको