रोल्पाको जिनाबाङमा भारी हिमपात, जनजीवन प्रभावित


पुस १८, रोल्पा । रोल्पाका अग्ला लेकहरुमा हिमपात सुरु भएको छ । आज (शुक्रबार) बिहानैदेखि सुरु भएको हिमपात अहिले बढ्दै गएको छ ।

रोल्पा जिनाबाङको झ्याम, मनिमारे, घोप्टेओडार, लामाचौर, नाउली, जथाक र ओत लगाएतका गाउँहरुमा पनि हिमपात भएको छ ।

त्यसैगरी सल्यानसँग भु-भाग जोडिएको खर्सुबास, बुराँसे, पातिहाल्न, बाफुखोला, कुमाख, निगाल्चुला लगाएतका लेक र त्यस आसपासका भु-भागमा हिमपात भएको छ ।

गतवर्ष माघ महिनाको दोस्रोसात हिमपात भएको यो क्षेत्रमा यसवर्ष भने पुस महिनामै हिमपात सुरु भएको हो । हिउँदे बाली लगाएपछि वर्षात नहुँदा चिन्तित भएका यहाँका किसान खुशी भएका छन । सिंचाईको सुविधाविहीन किसान हिउँदको वर्षा र हिउँको भरमा बाली सप्रने आशामा छन् ।

हिउँ नपरेपछि गहुँ, जौं, र मार्फा रायो बारीमै सुक्न थालेका थिए । हिउँ परेपछि कृषीमा राहत पुग्ने भन्दै किसानहरु खुसी भएका छन् । हिमपातले भने जनजीवन कष्टकर बनेको छ ।

तस्बिर: खकेन्द्र केसी/रोल्पा 

१८ पुष २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको