सल्यानमा माेटरसाइकल दुर्घटनामा परि एकको मृत्यु, चालक पक्राउ

फाइल तस्बिर

कार्तिक १७, सल्यान । माेटरसाइकल दुर्घटनामा परी सल्यानमा एक युवकको ज्यान गएकाे छ ।

सल्यानको लान्तीबाट श्रीनगरतर्फ आँउदै गरेको रा ३ प ४६४९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बाइक पछाडी सवार दाङ चिराघाटका पूर्ण रेउलेको ज्यान गएकाे हाे ।

दुर्घटना सोमबार बेलुका ६ बजेतिर लान्ती बजार नजिकै भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जानाएकाे छ । दुर्घटना हुँदा घाइते भएका रेउलेकाे प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्यान पुर्याए पनि डाक्टरले मृत घोषणा गरेका थिए।

रेउले वायरिङको कामको लागी आजै दाङबाट सल्यान आएका थिए । दाङबाट गाडीमा लान्ति सम्म आएर लान्तिबाट उनी मोटरसाइकलमा लिफ्ट मागरे श्रीनगर तर्फ आउँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर लक्षमण ओलीले बताए ।

मोटरसाइकल चालक सल्यान शारदा नगरपालिका वडा नं. १३ अन्तरकाडा निवासी १८ वर्षिय सुमन बुढा र मोटरसाइकललाइ प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेकाे जनाएकाे छ । दुर्घटनामा चालक भने सकुशल छन् ।

१७ कार्तिक २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको