प्रदेश राजधानी प्रस्ताव गरिएको क्षेत्रमा जग्गा किनबेचमा रोक


असोज १६, बुटवल । प्रदेश पाँच सरकारले प्रदेश राजधानी प्रस्ताव गरेको दाङका दुइ र अर्घाखाँचीको एक पालिकामा जग्गा किनबेचमा रोक लगाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश नहुँदासम्मका लागि सो क्षेत्रको जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको हो ।

राप्ती गाउँपालिकाको पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३ तथा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ मा यस्तो रोक लगाइएको मुख्यमन्त्री तथा मन्पिरिषद् कार्यालयको प्रशासन महाशाखाका सचिव भरतमणि सुवेदीले जानकारी दिएका छन् ।

सो क्षेत्रमा प्रदेश राजधानीका संरचरना बनाउन जग्गाको अभाव नहोस् र जग्गाको अस्वभाविक कारोबार नबढोस् भनेर यस्तो निर्णय गरिएको स्रोतले जनाएको छ ।

यसअघि दाङको बेलझुण्डी क्षेत्रमा प्रदेश राजधानीको चर्चा भएपछि सो क्षेत्रमा जग्गाको अस्वाभाविक कारोबार हुँदा धेरै खरिदकर्ताहरु डुबेका थिए ।

यो पनि पढ्नुस 

प्रदेश ५ को राजधानी दाङ राख्ने शंकर पोखरेलको प्रस्तावमा ओली-प्रचण्डको समर्थन

प्रदेश राजधानी प्रस्ताव गरिएको क्षेत्रमा जग्गा किनबेचमा रोक

प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको कांग्रेसद्वारा बुटवलमा विरोध प्रर्दशन

२०७७ आश्विन १६,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको