प्रदेश ५ को राजधानी दाङ राख्ने शंकर पोखरेलको प्रस्तावमा ओली-प्रचण्डको समर्थन


असोज १६, काठमाडौं । प्रदेश- ५ का मुख्यमन्त्री शंकर पोखरेलको प्रस्तावमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षले समर्थन गरेपछि प्रदेश राजधानी दाङ हुने निर्णय भएको छ ।

नेकपा प्रदेश ५ का इन्चार्ज समेत रहेका मुख्यमन्त्री पोखरेलले प्रदेशको राजधानी दाङ बनाउन अनुमति माग्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेका थिए ।

जवाफमा दुई अध्यक्षले प्रदेशको नाम र राजधानी तोक्ने अधिकार प्रदेश सभाको अधिकार भनेका थिए भने मुख्यमन्त्री पोखरेलको प्रस्तावमा सहमति समेत जनाएका थिए ।

दुई अध्यक्षकै जवाफका आधारमा पोखेरलले निर्णय लिएको स्रोतको दाबी छ । प्रदेश ५ को राजधानीको विषयमा महासचिव विष्णु पौडेल र मुख्यमन्त्री पोखरेलका बीचमा विवाद थियो ।

बुटवलका पौडेलले बुटवललाई नै राजधानी राख्न चाहेका थिए भने दाङका पोखरेलले आफ्नै गृहजिल्ला लैजान चाहेका थिए ।

यो पनि पढ्नुस 

दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

१६ आश्विन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको