गण्डकी विश्वविद्यालयको उपकुलपतिमा देवकोटा


असोज १६, काठमाडौं । गण्डकी विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर नवराज देवकोटा नियुक्त भएका छन् ।

उपकुलपति नियुक्त भएका देवकोटालाई शुक्रबार बिहान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले सपथ ग्रहण गराएका हुन् ।

उपकुलपति नियुक्त गर्न गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको नेतृत्वमा रहेको सर्च कमिटीले दुई जनाको नाम सिफारिस गरेकोमा देवकोटाले उपकुलपति नियुक्ति पाएका थिए ।

यसअघि देवकोटा चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयमा कार्यरत थिए । देवकोटालाई पाँच वर्षे कार्यकालका लागि गण्डकी विश्वविद्यालयको उपकुलपति बनाइएको हो ।

१६ आश्विन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको