अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतिलाई कोरोना संक्रमण


असोज १६, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार ट्विट गर्दै उनले आफू र अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प दुवैको रिपोर्ट कोरोना पोजिटिभ आएको जानकारी गराएका छन। दुवै जना स्वास्थ्यलाभका लागि क्वारेन्टिनमा बसेमा बताएका छन्।

ट्रम्पले प्रथम महिला मेलानिया र आफू दुवैमा कोभिड–१९ पोजिटिभ देखिएको जानकारी दिँदै आफूहरुले अब तुरुन्तै क्वारेन्टिन र निको हुने प्रक्रिया थालिहाल्ने जनाएका छन्। ‘हामी सँगसँगै यसलाई पार लगाउने छौं,’ ट्रम्पले ट्विटमा भनेका छन्।

नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि देश दौडाहामा रहेका ट्रम्प कति दिन क्वारेन्टिनमा बस्छन् भन्ने एकिन छैन।

ट्रम्पलाई कोरोना संक्रमण भएपछि उनको चुनावी अभियान प्रभावित हुनेछ। ट्रम्प दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि भएसँगै उपराष्ट्रपति माइक पेन्सको रिपोर्ट के आउँछ भन्ने चासो बढेको छ।

यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, ब्राजिल राष्ट्रपति जैर बोल्सोनारोलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

 

१६ आश्विन २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको