सबेरै उठेदेखी झम्के साँझसम्म
चकमन्न अबरोध रहित आकाश, र
सुर्याशंको चमक सहितको प्रकाश
महामारीले खालिजस्तै यि सडकहरु।
उता, आफ्नै दरबारको छतमा टोलिदै
धनमणिले आकाश नियाल्छ, अनि
आँखा तन्काउछ पर सडकतिर।
आकाशमा मैले देखेका सुर्यका रातामणि
उसका आँखाले का-लो धस्रो देखेछ
अनि, सुनसान जस्तै देखिने सडक
भरिभराउ, ब्यस्त र कोलाहल भेटेछ।
आज,
प्रकृतिको यो बिश्व-महामारी परिक्षामा
धनमणिका धनदौलात र स्वयं चेतना
झुपडिकै दैनिकिमा फर्किएका/सर्किएका
र फेरिएका छन उसका तडक भडकहरु ।।
[प्रबेश शर्मा, बाग्लुङ, हाल-युएई]
प्रतिक्रिया दिनुहोस