हत्यारा ! बाबा !!


खाडीमा
झाडीमा
गाडीमा यत्रतत्र सर्वत्र
मन डुलाउँदै सपना केलाउँदै

जिन्दगी गुजार्ने
केश फुलाउने सुनगाभा
आजका प्यारा बाबा
सिरानी श्रीमती मानी

अंकमालमा आफ्नै ठानी
भावनामा सपनामा
सानिमायाको गीत गुनगुनाउदै
फेरि त्यही सपनामै

सिँगाने सन्तानलाई
भुई चदाउँदै
हत गोडा .. हत .. भन्दै
चार पाउ तेकी अँध्यारोमा बर्बराउँदै

“बाबा भो घोडा ए हावा उदा” गाउँदै
खुशीले लम्किदा
निधार भितामा थोकिदा
जस्किदै भिउजन्छन्

र फेरि त्यही सपना खोज्न
ओल्तिदै पल्टिँदै कोल्टिदै गर्दा
श्रीरीरी …… आवाज सङ्गै

फत्रक्क गलेको ज्यान
आशाले सकि नसकी फक्राउछ्न
प्यारा पागल ! बाबा !!
किनकी

कहरका कर मात्र होईन
रगतका रहरका नाना चाचा फेर्नु छ।
प्यारा बाबाका

यस्तै दिनचार्यमा
कहिले खवर आउँछ
कुर्दा कुर्दै चौरीले
निराशामा चौरीखर्क सारिन रे ।

गुड छोडेर चरीले
वचेरालाई माया मारिन रे।
उफ ! पागल ! बा !!
सपनाहरू पोल्दा पोल्दै

जिन्दगी जलाएका स्वप्न हत्यारा बा !
घरतिर नानाचाचाका पोका मात्र होइन
प्लास्टिकको खतियामा आफैलाई पठाउछ्न।

नुन विनाको झोल
फल विनाको खोल झैँ
वेश्वादिला खाली खाली

प्यारा बाबाहरु घर फर्किदा
आगनीमा एक्लो सन्तान
घर न घातको भइ

बाबाको बाटो
पछ्याउँदै जाने तयारी देख्दा,
वर्षौं अधिको आफू
त्यही अनुहारबाट घिज्याउँछ ।

विदाई गर्ने आमा बाको
मालावाला फोटो फ्रेममा
आफ्नो स्वरूप चिच्याउँछ।

डराएका हराएका
निर्स्याला बाबा
बगैंचा पुलुक्क हेर्दा
जस्किदै आँखा मिची- मिची हेर्दा

ढकमक्क जवानीमा छोडेकी सयपत्री
पहेलीदै गएछ जवानी उतरी
अनि कच्याककुचुक पारेछ समयले निचोरी
हिजो आज र भोलिको पुस्ता

उही चक्रमा
पुनरावृत्ति भएको देख्दा

गौरव पूर्ण बहादुर इतिहासको भिल्ला
लिलाम जिन्दगीको बलिदानको किल्ला
गर्ल्याम-गुर्लुम भत्किन्छ्न ।

– याङो श्रो

२०७७ भाद्र १७,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको