आर्यघाटबाट जलाउन लागेको पुरुषको शव बरामद, छोरा पक्राउ


साउन १८, काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले पशुपति आर्यघाटमा दाहसंस्कार गर्न लागिएको शव बरामद गरेको छ । प्रहरीले हत्या भएको आशंकामा ५० वर्षीय कृष्ण नेपालीको शव बरामद गरेको हो । उनका छोरा ३० वर्षका सन्तोष नेपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

छोराले हत्या गरेर दाहसंस्कार गर्न लगेको सुराक पाएपछि शव बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

भएको के हो ?

प्रहरीका अनुसार गत बिहीबार राति रक्सी खाएका बेला कृष्ण र छोरा सन्तोषबीच झगडा भएको थियो । त्यसै क्रममा सन्तोषले बाबुमाथि कुटपिठ गरेका थिए । बिहान बाबु अचेत देखेपछि सैनिक अस्पताल छाउनीमा उपचारका लगी लगेका थिए । उपचारको क्रममा छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको हो । दाह संस्कारका लागि शव आर्यघाट लगिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । सूचनाका आधारमा शव बरामद गरेको हो ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

२०७७ श्रावण १८,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको