नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु


साउन १८, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं १६ की ६८ वर्षीया महिला रहेकी छिन् ।

उनको साउन १७ गते शनिवार मृत्यु भएको हो । ज्वरो खोकी तथा श्वासप्रश्वास सम्बन्धी समस्या भएकी ती महिलालाई साउन १४ गते वीरगञ्जको नारायणी बयोदा अस्पतालमा भर्ना गरिएको थियो ।

उनको स्वास्थ्य अवस्था थप जटिल भएपछि उनलाई नारायणी अस्थायी कोभिड अस्पताल रिफर गरिएको थियो । उनलाई अस्पताल लैजाने क्रममा नै मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए । उनमा साउन १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२०७७ श्रावण १८,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको