दाङमा ठगि र मिटर ब्याजको आरोपमा एक जना पक्राउ


साउन १८, घोराही । दाङमा ठगि र मिटर ब्याजको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही निवासी बाबु पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पुनविरुद्ध ठगि र मिटर ब्याजको आरोपमा उजुरी परेपछि प्रहरी घोराही बजारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका पुनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०७७ श्रावण १८,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको