कोरोना संक्रमणबाट विश्वभर ६ लाख ८९ हजारभन्दा बढीको मृत्यु, यी हुन् सबैभन्दा बढी प्रभावित ५ देश


साउन १८, काठमाडौं | गत डिसेम्बरमा चीनको वुहान शहरबाट फैलीएको कोरोना भाइरसबाट यतिबेला विश्व नै आक्रान्त बनेको छ | कोभिड-१९ नाम दिइएको उक्त भाइरसका कारण यो सामाचार तयार पार्दासम्म ६ लाख ८९ हजार १८७ जनाले ज्यान गुमाइसकेका छन् |

विश्वका २ सयभन्दा बढी देशमा फैलिएको यो भाइरसका कारण विश्वभर १ करोड ८० लाख ४३ हजार ८३६ जना संक्रमित भएका छन् | कुल संक्रमितमध्ये १ करोड १३ लाख २१ हजार ९३० जनाले कोरोनाको लडाई जितेर घर फर्किएका छन्, भने ६० लाख १२ हजार ७१९ जना उपचाररत छन् | जसमध्ये ६५ हजार ७७६ जना गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ |

कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा हालसम्म ४७ लाख ६४ हजार ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ | कुल संक्रमितमध्ये १ लाख ५७ हजार ९०५ जनाले ज्यान गुमाइसकेका छन् |

त्यस्तै ब्राजिलमा २७ लाख ८ हजार ८७६ संक्रमित रहेका छन् भने ९३ हजार ६१६ जनाले ज्यान गुमाइसकेका छन् |

पछिल्लो समय भारतमा पनि संक्रमितको संख्या ह्वात्तै बढेको छ | भारतमा हालसम्म १७ लाख ५६ हाजर २२० जनामा कोरोना संक्रमण देखिएको छ भने ३७ हजार ४३६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ |

त्यसैगरी रसियामा ८ लाख ५० हजार ८७० जनामा कोरोना संक्रमण भएको छ भने १४ हजार १२८ जनाको मृत्यु भइसकेको छ |

कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशहरुको पाँचौ स्थानमा रहेको साउथ अफ्रिकामा ५ लाख ३ हजार २९० जनामा कोरोना संक्रमण देखिएको छ भने ८ हजार १५३ जनाको मृत्यु भइसकेको छ |

२०७७ श्रावण १८,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको