साउन १८, काठमाडौं | साताको पहिलो दिन आइतबार नेपाली बजारमा आजपनि सुनको मूल्य बढेको छ | आज सुन प्रतितोला ९९ हजार ६ सय कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ |
शुक्रबार प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सयले बढेर ९९ हजार ६ सय पुगेको हो | जुन हालसम्मकै उच्च हो |
आज चाँदीको मूल्य पनि बढेको छ | चाँदी आज प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १२ सय रुपैयाँमा कारोबार भएको थियो |
प्रतिक्रिया दिनुहोस