जेठ २०, दाङ । दाङ जिल्लामा मंगलवारसम्म ५१ जनामा संक्रमन पुष्टि भएको छ ।
त्यसमध्य गढवाका १ जना भने उपचार पछि कोरोना मुक्त भएर घर गइसकेका छन् । यसमा काठमाडौंमा फेला परेका २ जनालाई जोडिएको छैन ।
त्यो समेत जोड्दा दाङका कुल संक्रमितको संख्या ५३ पुग्ने बेलझुण्डी अस्पतालका हेल्थ असिष्टेन्ट द्रोर्ण वलीले जानकारी दिए । ठमाडौंमा संक्रमन फेला परेका मध्य तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौरका १ जना भने उपचार पछि निको भएर घर आइसकेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. ९ का एक संक्रमित भने काठमाडौंमै उपचाररत छन् ।
बेलझुण्डी अस्पतालका सबै बेडहरु भरिभराउ
बेलझुण्डी कोरोना विषेश अस्पतालका सबै बेडहरु भरिभराउ भएका छन् ।
५० जना संक्रमितलाई राख्न मिल्ने ठाउँमा ५१ जनालाई राखेर उपचार हुँदै आएकोमा मंगलवार एकजनालाई बुटवल रेफर गरेपछि अब ५० जना रहेका छन् । बेडहरु सबै भरिभराउ भएपछि अबदेखि सम्वन्धित गाउँपालिकाका क्वारेन्टिनलाई आइसोलेसनको रुपमा विकाश गरेर त्यही विरामी राख्न थालिएको छ ।
आइसोलेसन बेड अभावका कारण सोमवार फेला परेका घोराही उपमहानगरपालिकाका ९ जना संक्रमितलाई कुईरेपानीको क्वारेन्टिनमा राखिएको छ । कुईरेपानीको क्वारेन्टिनलाई आइसोलेनसका रुपमा विकाश गरेर त्यही विरामी राखेर उपचार थालिएको छ ।
मंगलवार फेलाका परेका मध्य बंगलाचुली गाउँपालिकाकालाई सोही गाउँपालिकाका क्वारेन्टिनमा राखिने भएको छ ।
प्रतिक्रिया दिनुहोस