चैत २०, दाङ । दाङको गढवा गाउँपालिका वडा नं. ६ मनिकापुरमा बिहीवार दिउँसो करीब ३ बजेर ५० मिनटमा एक्कासी आगलागी भएको छ ।
आगलागीबाट ३ घर, २ गोठ, एक घुुम्ती पसल र २ भान्साघर पुूर्णरुपमा जलेर खरानी भएका छन् । आगलागीबाट स्थानीय बिष्णुु रानाको घर तथा भान्साघर, भक्तबहादुुर सुुनारको गोठ, कृष्णबहादुुर सुुनारको पसल र घर तथा ऋषि रानाको घरगोठ तथा भान्साघर नष्ट भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न, काठपात तथा फर्निचर र महत्वपूुर्ण कागजातहरु सबै जलेको अग्निपीडितहरुले बताएका छन् । आगलागी भएको खबर आएपछि गढवा गाउँपालिकाको दमकल र इलाका प्रहरी तथा स्थानीयले आगो निभाउने कार्यमा सहयोग गरेका थिए ।
पछि लमही नगरपालिकाको दमकल पनि घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो । दुुबै दमकलमा पानी सकिएपछि पुुनः राप्ती नदीमा गएर पानी ल्याई आगोलाई पूर्णरुपमा निभाइएको गढवा गाउँपालिकाका बिपद् ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले जानकारी दिए ।
आगलागीबाट भएको क्षतिको एकीन विवरण अझै प्राप्त हुनसकेको छैन । प्रहरी कार्यालयको मुुचुुल्का तयार भएपछि मात्र क्षतिको विवरण आउने बताइएको छ । स्थानीय भक्तबहादुुर सुुनारको गोठनजिकै विद्युुतको ट्रान्फर्मर रहेको र त्यसको फ्युुजबाट निस्किएको झिल्काले आगलागी भएको स्थानीयहरुले बताए ।
प्रतिक्रिया दिनुहोस