भक्तपुरमा ग्याँस घुम्ती वितरण सेवा प्रदान, वडापालिकाले खाध्य राहात वितरण गर्ने


चैत्र २०, भक्तपुर । कोरोना भाइरसका कारण देश लकडाउन भैरहेको बेला नागरिकहरुलाई ग्यास प्रदान गर्न नेपाल आयल निगमले ग्याँस घुम्ती वितरण सेवा प्रदान गरेको छ ।

लकडाउनका कारण ग्यास अभाब भइरहेका विभिन्न ठाउहरुमा पुगेर ग्राहकहरुलाई ग्यास वितरण गरेको हो । तत्कालका लागि आधा ग्यास भएको सिलिन्डर वितरण गरिरहेको छ ।

यसैगरी बिहिबार भक्तपुरको मध्यपुर ठिमी महानगरपालिका अन्तर्गत २ नम्बर वडाको धुन्चेपाखामा ग्याँस वितरण गरेको थियो । एचटिसी र सगरमाथा ग्यास वितरण गरिएको हो ।

उक्त क्षेत्रमा वडापालिकाको पहलमा अतिविपन्न तथा ज्मयालादारी गरि बस्ने परिवारहरुलाइ खाध्या सामाग्री राहात स्वरूप वितरण कार्य हुने तयारि भएको छ । राहत वितरण खाद्यान्नमा चामल, दाल, नुन, तेल, चिउरा र दालमोट  वितरण हुने स्थानीय मनहरि भण्डारीले बताए । उक्त वितरण कार्य भोलि सुक्रबार हुने जनाइएको छ ।

२०७६ चैत्र २०,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको