स्वास्थमन्त्रीलाई देशद्रोही घोषणा गर -लेनिन बिष्ट


चैत्र २०, काठमाडौँ । पूर्व लडाकु लेनिन बिष्टले कोरोना भाइरसको उपचार तथा परिक्षण गर्न स्वास्थ तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गर्न लागिएको उपचार तथा परिक्षण किट खरिद प्रकरणमा स्वास्थमन्त्रीलाई देशद्रोही घोषणा गर्न माग गरेका छन् । स्वास्थ्यमन्त्री संगै विभागका मुख्य सचीव, प्रधानमन्त्रीका सल्लाहकारहरू, स्वास्थ विभागका महानिर्देशक सहितका व्यक्तिहरूलाई भ्रष्टाचारको मुद्दा चलाएर देशद्रोही घोषणा गर्नु पर्ने बताएका छन् ।

अरबौ घोटाला हुने ठेक्का रद्ध गरेर केही ब्यापारिलाई बलिको बोका मात्र बनाएको बताउदै बिष्टले विश्वनै कोरोनाको संकटमा जुधिरहेको बेलामा पनि यिनिहरुको गिद्दे दृष्टिमा मानवता नरहेको समेत बताएका छन् ।

सामान्य बजार मुल्य भन्दा कैयौं गुणा महंगो मुल्यमा कोरोना उपचार सामाग्री सरकार निकटनै मानिएको ओम्न्नी समूहलाई उक्त सामाग्री खरिद गर्न स्वीकृति प्रदान गरेको थियो । उक्त प्रक्रियामा चरम अनियमितता गरेको आरोप लागेपनि स्वास्थमन्त्री सहित, विभागका महानिर्देशक सम्मले उक्त खरिद प्रक्रिया सहि र प्रक्रियागत नै रहेको दावी पटकपटक गरेका थिए ।

यस्तो छ उनको भनाई 

स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचार तथा परिक्षण गर्न किनेको र्‍यापिड टेस्ट किट नै विश्व स्वास्थ संगठनले स्वीकृत नै नगरेको मापदण्डको किट खरिद गरेको सार्वजनिक भएपछि बुधबार सरकारले प्रक्रिया नै रद्द गरेको थियो ।

यसै बिषयमा बोल्दै पूर्व लडाकुका अध्यक्ष बिष्टले सामाजिक सञ्जाल फेसबुकमा अर्बौं घोटाला हुने ठेक्का रद्द गरेर केहि व्यापारीलाई बलिको बोका मात्र बनाउने नभएर संलग्न सबै व्यक्तिहरूलाई भ्रष्टाचारको मुद्दा दायर गर्न माग गरेका हुन् । सरकारी पदाधिकारीको मिलेमतो बिना व्यापारीले मात्रै घोटाला गर्नै नसक्ने उनको भनाइ छ ।

देशमा कानुनी शासन छ भन्ने प्रत्याभूति हुनको लागि पनि भ्रष्टाचारको आरोपितहरूलाई कानुनको कठघरामा ल्याउनुपर्ने उनको माग छ ।

उपचार तथा परिक्षण किट खरिद प्रकरणमा सामाजिक संजाल मार्फत चर्को बिरोध भैरहेको छ ।

२० चैत्र २०७६, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको