बागलुङकी कोरोना संक्रमित युवतीका परिवारको कोरोना परीक्षण रिपोर्ट आयो


चैत २०, बागलुङ । कोरोना संक्रमण भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक युवतीका परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

धौलागिरि अञ्चल अस्पताल बागलुङले संक्रमित युवती, उनका आफन्त र संक्रमितसँंगै आएका गरी ११ जनाको स्वाब नमूना परीक्षणका लागि सोमबार काठमाडौँ पठाएको थियो।

परीक्षणका लागि पठाइएकामध्ये युवतीका पिता, हजुरबुबा, दाइ र दिदी गरी चार जनाको रिपोर्ट नेगेटिभ आएको अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेन्डण्ट डा शैलेन्द्र बी पोख्रेलले जानकारी दिए । पोख्रेलका अनुसार अन्य रिपोर्ट क्रमशः आउने छ ।

संक्रमित युवतीको स्वास्थावस्था सामान्य रहेको र परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आउन थालेका कारण त्यहाँका अन्यमा कोरोना संक्रमण नहुन सक्ने आशा जागेको डा पोख्रेलले जानकारी दिए ।

ती युवती यही चैत ५ गते बेल्जियमबाट दोहा कतार ट्रान्जिट हुँदै कतार एयरवेजको क्यूआर ६५२ उडानबाट नेपाल आएकी थिइन् ।

कतार एयरवेजको विमानमा सवार काठमाडौँकी युवतीलाई कोरोना संक्रमण पुष्टि भएपछि विमानमा सवार अन्य यात्रुको खोजी गर्ने क्रममा बागलुङकी ती युवतीलाई पनि सामान्य ज्वरोसमेत देखिएकाले चैत १२ गते स्वाब परीक्षणका लागि नमूना संकलन गर्दा कोरोना पुष्टि भएको थियो ।

यो पनि पढ्नुस
कोरोना भाइरसविरुद्धका दुई खोप परीक्षण सुरु, डब्लुएचओको स्वीकृति

अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धका सम्भावित दुई खोपको परीक्षण सुरु गरेका छन्। वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्ध कोशेढुंगा साबित हुने ठानिएका खोपको प्रयोगशालामा परीक्षण सुरु गरेका हुन्।

अक्सफोर्ड विश्वविद्यालय र अमेरिकी कम्पनी इनोभिओ फर्मास्यूटिकल्सले बनाएका खोप जनावरमा परीक्षण गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले स्वीकृति दिएको छ।

अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीले खोपले काम गर्छ वा गर्दैन भनेर हेर्ने छ। यस्तै यो परीक्षणको क्रममा खोप मानिसमा प्रयोग गर्न सुरक्षित रहे–नरहेको पनि हेरिने छ।

यी खोपको पहिलो मानवीय परीक्षण गएको अप्रिलमा अमेरिकामा सुरु भएको थियो तर त्यो बेला जनावरमा परीक्षण गर्नु पर्ने चरणलाई बेवास्ता गरिएको थियो।

विश्वभर तीव्र गतिमा कोरोना भाइरविरुद्धका विभिन्न खोपहरु बनाउने प्रयासमा वैज्ञानिकहरु छन्। तर अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रिअल रिसर्च अर्गनाइजेसन (सिएसआइआरओ) ले अहिले गर्न लागिएको परीक्षण सबैभन्दा विस्तृत प्रि–क्लिनिकल परीक्षण हुने बताएको छ।

विश्वभरका वैज्ञानिकको सहकार्यका कारण कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयासमा चाँडै सकारात्मक काम भएको र अहिले परीक्षण गरिएका खोपबाट आश रहेको सिएसआइआरओका डा. रोब ग्रेनफेलले बताएका छन्।

२०७६ चैत्र २०,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको