चैत २०, नवलपरासी । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका-३ स्थित कालीगण्डकी नदीमा डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् ।
डुंगा चालकसहित ५ जना सवार डुंगा एक्कासी पल्टिएर दुर्घटना भई नदीमा डुबेपछि ११ वर्षीया बालिका बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।
बुधबार साँझ भएको डुंगा दुर्घटनामा परी बुलिङ्गटार गाउँपालिका-३ बस्ने ११ वर्षीया ईशारा दरै बेपत्ता भएकी छिन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । डुंगा चालक तनहुँको शिरकोट गाउँपालिका-४ बस्ने २० वर्षीया महोरपा मगर फरार रहेका छन् ।
गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीका अनुसार तनहुँको रिसिङबाट काठको डुंगामा नदी पार गर्ने क्रममा डुंगा डुबेको हो । डुंगामा सवार तीन जनाको भने स्थानीयले सकुशल उद्दार गरेको उनले बताए ।
बुलिङटार गाउँपालिका-३ बस्ने १२ वर्षका पूर्णिमा दरै, १३ वर्षीया नम्रता दरै र ११ वर्षीया सीमा दरैको स्थानीयको सक्रियतामा उद्दार गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस