अमेरिकामा एकै दिन १ हजार ४६ जनाको मृत्यु, २६ हजार बढी नयाँ संक्रमिति


चैत २०, काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्र देखिएको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार बढीले ज्यान गुमाएका छन् भने २६ हजार बढी नयाँ संक्रमित फेला परेका छन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै १ हजार ४६ जनाले ज्यान गुमाएका छन् । यो सँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या ५ हजार ९९ पुगेको छ । त्यस्तै एकै दिन २६ हजार १ सय ९ जना नयाँ संक्रमित देखिएका छन् ।

योसँग अमेरिकामा २ लाख १४ हजार ६ सय ३९ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८ हजार ८ सय ७८ जना उपचारपछि निको भएका छन् ।

५ हजार ५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भन २ लाख ६ सय ६२ जना उपचाररत छन् ।

२०७६ चैत्र २०,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको