चैत २०, काठमाडौं । अष्ट्रेलियाको न्यु साउथ वेल्समा लकडाउन तीन महिनासम्म जारी रहने भएको छ ।
न्यु साउथ वेल्सका प्रहरी कमिश्नर मिक फुलरले अहिले जारी रहेको लकडाउन जुन २७ सम्म जारी राखिने बताएका हुन् । एबीसीन्युजले उल्लेख गरेअनुसार उनले यो लकडाउन त्यसपछि भने नबढाइने बताएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चालिएको कदमले सकारात्मक नतिजा दिइरहेको भन्दै प्रशंसा भइरहेको बेलामा न्यु साउथ वेल्सले यस्तो निर्णय गरेको हो । यो अष्ट्रेलियाको कोभिड–१९ बाट सबैभन्दा प्रभावित क्षेत्र हो ।
बुधबार यो क्षेत्रमा एक सय १६ नयाँ संक्रमित फेला परेका थिए । यससँगै समग्र संक्रमितको संख्या दुई हजार दुई सय ९८ पुगेको थियो । फुलरले आफू उक्त समयसीमापछि भने यो लकडाउन नलम्ब्याउने पक्षमा रहेको बताएका छन् ।
अहिले न्यु साउथ वेल्सका मानिसलाई अष्ट्रेलियामा सबैभन्दा कठिन प्रतिबन्ध लगाइएको छ । लकडाउन उल्लंघन गरे तत्काल प्रतिव्यक्ति एक हजार डलर जरिवाना लगाउन पाउने अधिकार प्रहरीलाई दिइएको छ ।
अधिकतम जरिवाना ११ हजार डलर र छ महिनाको जेल सजाय तोकिएको छ । यहाँका मानिसलाई घरबाट बाहिर निस्किन कानूनले नछेकेको कामको कारण चाहिन्छ । काम, पढाइ, शपिङ तथा खाद्यान्नको लागि भने प्रतिबन्ध लगाइएको छैन ।
अहिलेसम्म यो राज्यमा १० जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
अष्ट्रेलियामा कोरोना भाइरस संक्रमितको संख्या ५ हजार नाघ्यो
अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ ।
हालसम्म अष्ट्रेलियमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।
कोरोनाभाइरसको संक्रमण रोक्न न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा गरेको छ ।
साथै पुलिसले लकडाउनको नियम उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी दिँदै जरिवाना समेत तोकेको छ ।
नियम तोड्नेले एक हजार अष्ट्रेलियन डलर तिर्नुपर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस