उपराष्ट्रपतिले किन गरे सार्वजनिक कार्यक्रमहरु स्थगित ?


फागुन १९, काठमाडौं । कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले निश्चित भइसकेका सार्वजनिक कार्यक्रमहरु स्थगित गरेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित प्रकोपलाई दृष्टिगत गर्दै उनले सार्वजनिक कार्यक्रम स्थगित गर्नुका साथै आगामी कार्यक्रमका लागि निमन्त्रणा समेत नगर्न आग्रह गरेका छन् ।

उनले आउँदा दिनका सार्वजनिक कार्यक्रममा पनि सहभागी नहुने भन्दै निम्ता स्वीकार नगर्न निजी सचिवालयलाई निर्देशन दिएका हुन् ।

उपराष्ट्रपति पुनको निर्देशन र कोभिड–१९को सम्भावित प्रकोप रोक्न सरकारले बनाएको योजनालाई दृष्टिगत गर्दै पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगन गरिएको प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।

अब अत्यावश्यक बाहेकका सार्वजनिक कार्यक्रममा उपराष्ट्रपति सहभागी नहुने प्रेस संयोजक घर्ती मगरले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

उपराष्ट्रपति पुनले कोरोनाबारे नआत्तिई सतर्कता अपनाउन समेत अपिल गरेका छन् ।

१९ फाल्गुन २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको