रोल्पामा ३ बर्षिय छोरा छोडेर आमा बेपत्ता, श्रीमानद्वारा खोजि गरिदिन आग्रह


फागुन १९, रोल्पा । रोल्पा नगरपालिका ९, ह्वामाकी राजकुमारी डाँगी ३ बर्षिय नाबालकलाई छोडेर बेपत्ता भएकि छिन । गएको माघ १७ गते राति घरबाट निस्केको ससुरा भान सिङ्ग डाँगीले बताए । अहिलेसम्म उनि कहाँ र कस्तो अबस्थामा छन् भन्ने बारे केहि थाहा नभएको पारिवारिक स्रोतले बतायो ।

श्रीमान कबिराम डाँगी रोजगारको सिलसिलामा बिगत २ वर्ष देखि मलेसियामा छन् । घरमा सासु र ससुरा संग ३ बर्षिय छोरा हुर्काउदै बसेकी २२ बर्षिय श्रीमती एक्कासी हराएपछि बैदेशिक रोजगारमा रहेका श्रीमान पिडामा छन् । उनले श्रीमती खोजिदिन हारगुहार गरिरहेका छन् ।

बुहारी हराएपछि ससुराले जिल्ला प्रहरी कार्यलय लिबाङ रोल्पामा खोजीगरिदिन दुई पटकसम्म निबेदन दिएका थिए । हराएको महिना दिन बितिसक्दा समेत अझै भेटिएकी छैनन् । प्रहरी प्रसासनले खोजीकार्यमा उदासिनता देखाएको परिवारको गुनासो छ ।

घरमा बस्दा श्रीमतीले गाउँमा ऋण लिएको नतिरेरै बेपत्ता भएको श्रीमान कविराम डाँगीले बताएका छन् । श्रीमती राजकुमारी माईत कर्तममा पनि नरहेको बताए ।

१९ फाल्गुन २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको