ललितपुरमा भीषण आगलागी


माघ १९, काठमाडौं । ललितपुरको बखुण्डोलस्थित एक कवाडीखानामा अगालागी भएको छ।

आइतबार बिहान करिब ११ बजेतिर ललितपुर महानगरपालिका-२, बखुण्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकैको कवाडीखानामा आगलागी भएको हो।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार अगालागीमा परेर कवाडीखानामा कार्यरत दुई जना सामान्य घाइते भएका छन्। गोदाम सञ्चालक र कामदार घाइते भएको र उनीहरूलाई उद्धार गरी अल्का अस्पताल लगिएको प्रहरीले जनाएको छ।

ललिपुर र काठमाडौं महानगरपालिका र नेपाली सेनाको दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका एसएसपी राईले बताए।

आगलागीबाट कवाडीखाना वरिपरि रहेका घरहरुमा सामान्य असर गरे पनि कुनै क्षति भने नभएको उनको भनाइ थियो । उनले अगलागीबाट कवाडी सामान जलेर नष्ट भएको र क्षतिको विवरण संकलन भइरहेको बताएर

उनले आगलागीको कारणबारे केही खुल्न नसकेको र यसबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

२०७६ माघ १९,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको