यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

फाइल तस्बिर

माघ १९, काठमाडौं । पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहे पनि आज (आइतबार) देशका धेरै ठाउँमा घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार पश्चिमी निम्न चापीय प्रणालीको प्रभावले अहिले मध्य र पूर्वी क्षेत्रका पहाडी भेगमा मात्र मौसम आंशिक बदली भएको । यसबाहेक देशका अन्य स्थानमा मौसम सामान्यतया सफा छ ।

आज पानी पर्ने सम्भावना एकदमै कम रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगका सीमित स्थानमा हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी ३ दिनको मौसम पूर्वानुमान

माघ १९ गते आइतबार

दिउँसो : पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २० गते सोमबार

दिउँसो : पूर्वी तथा मध्य नेपालका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

माघ २१ गते मंगलबार

दिउँसो : देशभर आंशिक बदली रहनेछ । देशको पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशको पश्चिमी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पश्चिमी पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

१९ माघ २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको